बाग्लुङ, माघ १७ । बागलुङमा श्रीमतीको कुटाइले श्रीमानको ज्यान गएको छ। जिल्लाको तमानखोला गाउँपालिका १ बिसोक निवासी ६४ वर्षीय रविलाल विक र उनकी श्रीमतीबीच हात हालहाल हुँदा रविलालको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीकाअनुसार गएराती रविलाल र उनकी ६० वर्षीया श्रीमती जमुना विकबीच घरायसी कुरामा विवाद हुँदा स्थिति हात हालाहालसम्म पुगेको थियो। हात हालाहाल हुने क्रममा श्रीमान रविलाल विक भित्ताको ढुंगामा ठोक्किन पुगेका थिए।
श्रीमतीको धक्का खाएर ढुंगामा ठोक्किएका रविलालको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जमुनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।