अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा शुरु भएको प्रथम अन्नपूर्ण पर्यटन महोत्सवमा नृत्य देखाउँदै कलाकार। नेपाल भ्रमण वर्ष २०२० का अवसरमा अन्नपूर्ण गाउँपालिकाले नारच्याङको बेंसीगाउँमा आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकूद प्रतियोगिता यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ। तस्वीर: कमल खत्री/रासस