सर्लाही, माघ १७ । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी विधि र पद्धतिअनुरुप चल्नु पर्ने बताएका छन्।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल नगर समिति लालबन्दीले बिहीबार सर्लाहीको लालबन्दीमा आयोजना गरेको शहीदको सम्झना र सम्मानमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै त्यस्तो बताएका हुन्।
उनले विधि र पद्धति अनुसार चले पार्टी बलियो हुने र लोकतन्त्र संस्थागत हुने बताए। नेता सिटौलाले पार्टीमा योगदान पुर्याएका र क्षमताअनुसार स्थान दिन सके शहीदको सपना पूरा हुने बताए।
कम्युनिस्ट पार्टी (नेकपा) ले आफूलाई देशको मालिक सम्झेको आरोप लगाए। यतिखेर नेपाली कांग्रेस बिभिन्न गुटमा विभाजन कारण पार्टी कमजोर भएर गएको बताए।
कार्यक्रममा तरुण दलका केन्द्रीय सभापति जीतजंग शाहीले नेतालाई गाली गर्नुभन्दा आफ्नो जिम्मेवारी पूरा गर्न त्याग गर्न सक्नुपर्ने बताए। यतिखेर नेपाली कांग्रेस बिभिन्न गुटमा विभाजन कारण पार्टी कमजोर भएर गएको बताए।
उनले कम्युनिस्टलाई जंगल, सडक र संसदमा बसेर कांग्रेसलाई घेरावन्दीमा पारेको आरोप लगाए। त्यसकारण कम्युनिस्टको घेरवन्दी तोड्न युवा एकजुट हुनुपर्नेमा जोड दिए।
लालबन्दी नगरपालिका ९ बस्तीपुरस्थित पार्टी प्यालेसमा भएको कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य डिना उपाध्यायलगायतले पनि सम्बोधन गरेको कांग्रेस लालबन्दी नगर समितिका सभापति प्रशान्त आचार्यले जानकारी दिए।
त्यस्तै कांग्रेस नेता सिटौलासहितको उपस्थितिमा बिहीबार शहीद दिवस समेत परेकोले शहीद इगल जर्गा मगरको शालिकमा अनावरण गर्दै उनका परिवारलाई सम्मान गरेको कांग्रेसका युवा नेता नारायण गुर्मछानले बताए।