चितवन, माघ १७ । भरतपुर १५ मा बन्दै गरेकाे गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगशाला निर्माणकाे लागि गैँडाकाेटस्थित अक्स्फाेर्ड कलेज अफ इञ्जिनियरिङले आर्थिक सहयाेग गरेकाे छ। कलेजका शिक्षक तथा विद्यार्थीबाट सङ्कलित रकम आठ लाख ५५ हजार ५५५ रुपैयाँकाे चेक हस्तान्तरण गरिएकाे कलेजका प्राचार्य हरि भण्डारीले जानकारी दिए।
शिक्षक र विद्यार्थीले निर्माणास्थलमै पुगेर धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई नगद रकम हस्तान्तरण गरेका हुन्। कलेजकाे तर्फबाट यसअघि नै सहयाेग भइसके पनि याेपटक भने शिक्षक र विद्यार्थीहरुकाे तर्फबाट सहयाेग गरिएकाे उनले बताए।