माघ १८ । बेलायत यूरोपेली संघ (इयु)बाट औपचारिक रुपमा बाहिरिएको छ। शनिबार बिहानदेखि इयुसँगको ४७ वर्ष लामो आवद्धता बेलायतले तोडेको हो।
प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो सन्देश जारी गर्दै अब नयाँ बिहानी आउने बताएका छन्।
उनले भनेका छन् ‘ धेरै मानिसहरुका लागि आशा र उम्मिदको एक आश्चर्यजनक क्षण हो जसको बारेमा उनीहरुले कहिल्यै सोचेका थिएनन्।’
उनले अघि भनेका छन्, ‘निश्चित रूपमा एक तेस्रो समूह पनि छ जो सबैभन्दा अधिक चिन्तामा थियो आखिर यो राजनीतिक गतिरोध कहिले सकिन्छ या सकिँदैन भनेर।’
म सबैको भावनाको कदर गर्छु र मेरो यो खास जिम्मेबारी हो कि देशलाई अघि बढाउँ’, उनले भनेका छन्।
यस क्रममा देशभर र्याली भइरहेको छ। केही र्यालीमा यो फैसलाको पक्षधर सहभागी छन् भने केही विरोधमा उत्रेका छन्। ब्रसेल्समा यूरोपेली संघको संस्थानबाट ब्रिटेनको झण्डा हटाइएको छ।
तर यो परिवर्तनका बावजूद कैयौँ पुराना कानुन पहिले जस्तै लागु रहने छन्।
सन २०१६ मा संघबाट अलग हुने कि नहुने भन्नेबारेमा जनमत संग्रह भएको थियो। जसमा बेलायती नागरिकले संघबाट अलग हुनुपर्ने पक्षमा मतदान गरेका थिए। ५१ दशमलव ९ प्रतिशत नागरिकले जनमत संग्रहमार्फत यूरोपेली संघबाट अलग हुने पक्षमा मत दिएका थिए।