काठमाण्डौं, माघ १८ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी छ। पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबारदेखि जारी बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रबारे सदस्यहरुले धारणा राख्नेछन।
मध्यान्ह १२ बजेदेखि सुरु हुने बैठकमा सदस्यहरुले अध्यक्ष थापाले शुक्रबार प्रस्तुत गर्नुभएको ‘वर्तमान राजनीतिक सन्दर्भ र राप्रपाको भावी कार्यदिशा’ बिषयक कार्यपत्रमा धारणा राख्ने पार्टी केन्द्रीय सदस्य सृजना रानी बस्नेतले जानकारी दिइन।
थापाले प्रस्तुत गरेको कार्यपत्रमा सरकार सर्वसत्तावादतर्फ केन्द्रित भएको, भ्रष्टाचार संस्थागत हुँदै गएको, दलहरु बैचारिक हिसावले बिचलित हुँदै गएको, बाह्य हैस्तक्षेप बढ्दै गएको लगायतका बिषय औंलाइएका छन।