माघ १८ । कोरोनाभाइरस संक्रमणका कारण मर्नेको संख्या २५९ पुगेको छ भने यो प्रकोपबाट ११,७९० संक्रमित बनेका छन्। मर्ने २५९ व्यक्ति सबै चीनका हुन् तर कोरोनाभाइरसको संक्रमण अहिलेसम्म विश्वका २१ देशमा पुगिसकेको छ।
शुक्रबार संक्रमणको विस्तारको स्थितिलाई ख्याल गरेर विश्व स्वास्थ्य संगठनले स्वास्थ संकटकाल नै घोषणा गर्यो । कोरोनाभाइरस एक पछि अर्को नयाँ देशमा देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले उक्त कदम चालेको हो।
उता अमेरिकी प्रशासनले समेत कोरोनाभाइरस प्रकोपसम्बन्धमा जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ। यस घोषणा अन्तर्गत अमेरिकाले भर्खरै चीन भ्रमण गरेका विदेशी नागरिकलाई अस्थायी कालको लागि भिषा नदिने घोषणा गरेको छ।
चीनले अमेरिकी कदमबाट आफूहरु दुःखी बनाएको प्रतिक्रिया दिएको छ। एजेन्सी