माघ १८ । फेस मिस्टको चलन केही वर्षअघि देखि प्रारम्भ भएको हो । महिलाहरुले मेकअप गर्नु भन्दअघि छालालाई तयार गर्नका लागि क्लिन्जर र मोइस्चराइजरपछि मिस्टको प्रयोग गर्नु अति नै उपयोगी हुन्छ।
वास्तवमा यसलाई प्रि-प्राइमर पनि भर्न सकिन्छ। किनभने यसले छालाको हाइड्रेसनलाई बढाएर त्यसलाई भित्रबाटै चम्किलो बनाउँछ। मेकअप गर्नु अगाडि फेस मिस्टको प्रयोग गर्दा मेकअप लामो समयसम्म सुन्दर र टिकाउ हुन्छ। यसलाई बढि प्राकृतिक र हर्बल प्रोडक्टले बनाइने भएकाले छालामा यसको प्रभाव पनि प्राकृतिक नै हुन्छ।
सौन्दर्य विशेषज्ञहरुका अनुसार ब्यूटी इन्डस्ट्रीले पछिल्लो केही समयदेखि धेरै उन्नति गरेको छ र नयाँ-नयाँ उत्पादनहरुलाई महिलाहरुबीच परिचित पनि गराएको छ।
यही क्रममा मिस्टको पनि प्रचलन पनि बढि हुन थालेको छ। वास्तवमा मिस्ट एक प्रकारको स्किन ट्रिटमेन्ट हो, जसले छालालाई पोषण, सुन्दरता र मजबुती प्रदान गर्छ। किनभने आजका महिलाहरुले तनाव, प्रदुषण, अनियमित खानपान आदि विभिन्न समस्याहरुको सामना गर्नु पर्छ, जसको प्रभाव उनीहरुको छालामा सबैभन्दा पहिला देखिन थाल्छ।
त्यस्तो स्थितिमा मिस्टको प्रयोग गरेर छालालाई केही हदसम्म बचाउन सकिन्छ। यसको प्रयोग गर्दा विभिन्न फाइदाहरु पनि पाउन सकिन्छ।
मेकअप भन्दा पहिला फेस मिस्ट लगाउनाले ब्यूटी प्रोडक्ट सजिलै छालामा मिल्छ, जसले छिट्टै सुन्दर देखाउने, ताजा र आकर्षक देखिन्छ। यो हरेक किसिमको छालाका लागि उपयोगी हुन्छ।
यदि अफिसबाटै कतै बाहिर पार्टीमा जानु पर्यो भने यसको स्प्रेले टचअप सजिलै हुन्छ। स्प्रे गरेपछि औंलाको टुप्पोले यसलाई सबैतिर मिलाउनु पर्छ। यसो गर्दा तपाईंको थकान कम हुन्छ र त्यसको असर तपाईंको अनुहारमा पनि देखिन्छ।
यसलाई दिनको कुनै पनि समयमा लगाउन अथवा स्प्रे गर्न सकिन्छ, यसले सजिलै परफेक्ट लुक दिन्छ।
यसले दिउँसो पनि रफ स्किनलाई ताजा बनाउन सक्छ, किनभने लामो समयसम्म एयर कन्डिसनरमा काम गर्दा अथवा घाममा बढि समयसम्म बस्नाले छालाको नरमपना कम हुन्छ। त्यस्तो स्थितिमा फेस मिस्टले छालाको नरमपनालाई यथावत राख्न सहयोग पुर्याउँछ।
जुन महिलाहरुले धेरै मेकअप गर्छन्, उनीहरुका छाला सुख्खा हुन्छ। त्यस्ता छाला भएका महिलाहरुलाई फेस मिस्ट अति नै फाइदाजनक छ।
यसले मोइस्चराइजरपछि हाइड्रेसनको एक्स्ट्रा लेयर बनाएर उत्कृष्ट टोनरको काम गर्छ।
यसले छालालाई पूर्ण रुपमा प्राकृतिक देखाउँछ। जसका कारण यसलाई लगाउन कसैले पनि सोच्नु पर्ने आवश्यकता छैन अर्थात हरेक प्रकारको छालाका लागि फेम मिस्ट उपयुक्त छ।
टी ट्री फेस मिस्टमा एन्टि-माइक्रोबायल समावेश हुन्छ। यसले छालाको शुद्धिकरण गर्छ। जसका कारण मानिसहरुले पसिना र चिपचिपाहबाट राहत प्राप्त गर्छन्। यसको प्रयोगले अनुहार चम्किलो हुन्छ र चाउरीपन पनि कम हुन्छ, जसका कारण उमेर भैसकेर पनि जवान देखिन्छ।
मिस्टको प्रयोग महिलाहरुले मात्र होइन पूरुषहरुले पनि गर्न सक्छन्। यो पूर्ण रुपमा स्किन केयर प्रोडक्ट हो।