सिमकोट, माघ १८ । हिमाली जिल्ला हुम्लामा ३२ दिनपछि नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा सुचारु भएको छ। महाबु लेखमा बिग्रिएको टावरको हिमपातको कारण मर्मत गर्न नसकिएपछि टेलिकमले पुरानै रुटबाट काम चलाउ रुपमा अस्थायी सेवा सुचारु गरेको हो।
गत एक महिनादेखि हिमपातको कारण कालिकोट जिल्लाको महाबु लेकमा रहेको टेलिकमको टावरमा समस्या आएपछि अबरुद्ध हुम्ला जिल्लाको एडिएसल र ल्याण्ड लाईन सेवा सुचारु भएको नेपाल टेलिकम हुम्लाका प्रमुख शिबकुमार भट्टराईले बताए।
यसबाट सेवाग्राहीलाई केही रुपमा भएपनि राहत मिलेको उनले बताए। गत पुस १७ गतेबाट हुम्ला जिल्लामा सेवा प्रदान गर्दै आएको नेपाल टेलिकमको एडिएसएल इन्टरनेट सेवा र ल्याण्ड लाईन टेलिफोन सेवा अबरुद्ध हुँदै आएको थियो।