काठमाण्डौं, माघ १९ । १८ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता फागुनको तेस्रो साताबाट आयोजना हुने भएको छ। आयोजक सहारा क्लब पोखराले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २२ देखि चैत १ गतेसम्म संचालन हुने जनाएको छ।
प्रतियोगितामा ुएु डिभिजन क्लब, विदेशी, मोफसलका क्लब र आयोजक सहारा क्लब पोखरा गरि कुल १० टिमको सहभागिता रहने छ। गत संस्करणको उपाधि थ्री स्टार क्लबले जितेको थियो । फाइनलमा थ्री स्टारले त्रिभुवन आर्मी क्लबलाई हराएको थियो।
मोफसलको बहुप्रतिष्ठित प्रतियोगिता बिगत १९ वर्षबाट निरन्तर हुँदै आइरहेको छ। क्याराभान गोल्ड कपको नामबाट सुरु प्रतियोगिताको वचत रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ। हाल तेस्रो व्याचको एकेडेमीमा १५ जिल्लाका २४ जना बालकहरु आश्रित छन्।