चितवन, माघ १९ ।
चितवनको रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सुरु हुने महायज्ञको उद्घाटनअघि शोभायात्रा सुरु भएको छ।
जसमा चितवनका हरेक टोल तथा विभिन्न संघसंस्थाबाट हजारौँ नागरिक सहभागी बनेका छन्। अहिले केही बेरमा देशका २१ जना राष्ट्रिय खेलाडीहरुले स्विच दबाएर महायज्ञको उद्घाटन गर्दे छन्।
त्यसैगरी चर्चित कलाकारहरु हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ पनि चितवनको रामपुर पुगेका छन् । २६ गतेसम्म चल्ने धनधान्याचल महोत्सवमा मह जोडीले दीपप्रज्वलन गरेर उद्घाटन गर्ने मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए। लगातार न्यूज is live now.