काठमाण्डौं, माघ १९। जबरजस्ती करणी आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी शौरभ राणाले आत्मसमर्पण गरेका छन्।आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं पुगेका सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञराज पोखरेलले जानकारी दिए।
राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गर्ने तयारी थालेको थियो। इटहरीको एक होटलमा आफूमाथि एसएसपी राणाले जबर्जस्ती करणी गरेको पीडित महिलाले आरोप लगाएकी छन्।
उनको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो। सुनसरीका प्रहरी प्रमुख एसपी पोखरेलले अब अनुसन्धान अघि बढाइने बताए।