काठमाण्डौं, माघ १९ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा आइतबार सुन ५०० रुपैयाँले बढेको हो। शुक्रबार सुन तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजावी सुन तोलामा ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ। यस्तै चाँदी तोलामा ८९५ रुपैयाँमा कारोबार भएको छ। यसअघि चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको थियो।