माघ १९ । न्युजिल्याण्डविरुद्धको पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा भारतले १ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जिटेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६३ रन बनायो। उसका कप्तान रोहित शर्माले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ खेले। ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका रोहित रिटायर्ड हर्ट भए।
यस्तै लोकेस राहुलले ४५ रन बनाउँदा श्रेयस आयरले अविजित ३३ रन बनाए।
न्युजिल्याण्डका स्कट कुग्लिजिन र हामीस बेन्निटले समान १/१ विकेट लिए।
पाँच खेलमा पाँच जित हात पार्दै भारत घरेलु टिमविरुद्धको सिरिज व्हाइटवास गर्न चाहन्छ।
यसअघिको २ खेलमा भारतले सुपर ओभरमा जित निकालेको थियो।
न्युजिल्याण्ड भ्रमणमा रहेको भारतले टी-ट्वान्टी पछि तीन एकदिवसीय र दुई टेष्ट खेल खेल्नेछ।