चीन, माघ २० । चीनले कोरोना संक्रमितका लागि तयार गरेको एक हजार शैया क्षमताको अस्पतालको आज औपचारिकत उद्घाटन हुँदैछ। भाइरसको संक्रमणले महामारीको रुप लिएको वुहानमा बनाइएको नयाँ अस्पतालको आज औपचारिक उद्घाटन हुन लागेको हो।
कोरोना संक्रमितहरुको उपचारको लागि आठ दिनमा वुहानमा एक हजार शैयाको अस्पताल बनाइएको थियो। सुबिधा सम्पन्न यो अस्पतालमा चिनियाँ सैनिकका १ हजार ४ सय स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन्। उनीहरु यसअघि पनि कोरोना भाइरस संक्रमितहरुको उपचारमा संलग्न थिए।
कोरोना भाइरसको कारण चीनमा मात्रै ३ सय ६० जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा बढी संक्रमित भएका छन।