काठमाण्डौं, माघ २०। सहिद स्मारक ए डिभिजन लिगमा अपराजित यात्रा कायम राखेको मनाङ मर्स्याङ्दी क्लबले सोमबार बलियो प्रतिद्वन्द्वी च्यासल युथ क्लबको सामना गर्दैछ।
अपराजित मनाङले लिगको ६९ औं खेलमा ललितपुरको च्यासलसँग भिड्न लागेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह ३ बजे सुरु हुनेछ।
एन्फा मैदानमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। लिगमा ९ खेल खेलेको मनाङ १० अंक सहित तालिकाको तेस्रो स्थानमा छ। च्यासल समान खेलबाट ९ अंक जोडेर दशौं स्थानमा छ।
लिगको दशौँ चरण चलिरहदा च्यासलले दुई खेलमात्रै आफ्नो पक्षमा पारेको छ। यता, मनाङले ७ खेल आफ्नो पक्षमा पार्दा च्यासलले भने ७ खेल अन्य क्लबलाई सुम्पिएको छ।
कमल श्रेष्ठको कप्तानीमा रहेको मनाङ लगातार जित निकाल्दै उपाधि होडमै रहन चाहन्छ। च्यासलविरुद्ध मनाङ छैठौं जितको खोजीमा हुनेछ।