काठमाण्डौं, माघ २० । फ्रान्समा जारी दक्षिण एसियाली फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘बुलबुल’ ले पब्लिक च्वाइस अवार्ड जितेको छ। निर्देशक विनोद पौडेलले फेसबूकमार्फत अवार्ड जितेको जानकारी गराउँदै खुशी शेयर गरेका छन्।
अवार्ड समारोहमा सहभागी हुन निर्देशक पौडेल र अभिनेत्री स्वस्तिमा खड्का फ्रान्स उडेका थिए । फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका छ।
‘बुलबुल’ ले नेपालमा पनि कैयन् अवार्ड हात पारिसकेको छ। फिल्ममा विदेश गएका पतिको पर्खाइमा बसेकी एक नारीको जीवनमा आएको उतारचढावलाई देखाइएको छ।
मुकुन भुसाल, जोयस पाण्डे, लक्ष्मी बर्देवा लगायतका कलाकारको समेत शीर्ष भूमिका रहेको यो फिल्म समीक्षात्मक हिसाबले उत्तिकै रुचाइएको थियो।
हाल यो फिल्म फोपी एपमा उपलब्ध छ।