माघ २० । उत्तर अफ्रिकी देश बुर्किना फासोमा बन्दुकधारीको आक्रमणमा परी २० जनाको मृत्यु भएको छ। मोटरसाइकलमा आएका हतियारधारीले अन्धाधुन्ध आक्रमण गरेका हुन्।
बानी नगरपालिकाको गाउँमा शनिबार राति आक्रमण भएको समाचार संस्था एएफपीले जनाएको छ। एक हप्ताअघि बिद्रोही समूहले सिग्गाड्जी बजारमा गरेको आक्रमणमा ३९ जनाको ज्यान गएको थियो।
बुर्किना फासोको साहेल क्षेत्रमा पछिल्लो केही महिनादेखि बिद्रोही आक्रमण बढ्दै गएको छ। शनिबार राति भएको आक्रमणपछि फ्रान्सले साहेल क्षेत्रमा थप ६०० सैनिक पठाउने घोषणा गरेको छ। हाल बुर्किना फासोमा पाँच हजार भन्दा बढी फ्रान्सेली सैनिक छन्।
गएको वर्ष (सन् २०१९) मा बुर्किना फासोमा हिंसामा परी ज्यान गुमाउनेको संख्या चार हजार भन्दा बढी पुगेको थियो। यो सन् २०१२ यताकै ठूलो मानवीय क्षति हो।