काठमाण्डौं, माघ २० । नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले एमसीसीको विषयमा नपढिकन र नबुझिकन बोल्ने सस्कृतिले गर्दा समस्या झन जटिल बनेको बताएका छन्।
पशुपति बहुमुखी क्याम्पसको ४० औ बार्षिकोत्सवको अवसरमा नेता थापाले नेपाली समाजमा पठन पाठनको सस्कृतिमा कमी भएको हुदाँ एमसीसी जस्तो बिषयमा समाज झन बढी अन्यौल र अस्पष्टता रहेको बताए।
बिश्वबिद्यालयको गुणस्तर, पठनपाठनको संस्कृतिमा ह्रास आइरहेको उल्लेख गदै नेता थापाले बजार र शिक्षाको गुणस्तर बीच तालमेल नहुदाँ शैक्षिक बेरोजगारी बढेको चर्चा गरे।
कार्यक्रममा प्रदेश साँसद नरोत्तम बैध र कुसुम कार्कीले प्रदेश तहमा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई स्थानीय सरकारले बिशेष प्राथमिकता दिनु पर्ने आवश्यकता भएको उल्लेख गदै स्थानीय तहका शिक्षालयको गुणस्तरलाई माथि उठाउनु पर्ने अवस्था रहेको बताए।
कार्यकक्रममा नेपाल बिद्यार्थी संघका महामन्त्री मनोज बैधले गुणस्तरिय र ब्यवसायिक तथा सिपमूलक शिक्षाको विकासमा दिए।