काठमाण्डौं, माघ २० । बलात्कार आरोपमा आत्मसमर्पण गरेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत, सुनसरीले सोमबार उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख यज्ञविनोद पोखरेलले भने, ‘जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ५ दिन समय प्राप्त भएको छ।’