काठमाण्डौं, माघ २२ । साताको चोथो दिन बुधबार सुन मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला ७५ हजार २ सय कायम भएको हो।
त्यस्तै, तेजाबी सुन प्रतितोला ७४ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




