माघ २२ । पछिल्ला वर्ष सनी लियोनीका हिन्दी फिल्म रिलिज भएका छैनन्। बरु उनको आइटम गीत रहेको ‘पासवर्ड’ का कारण नेपालमा उनको चर्चा भयो।
पछिल्लो समय बलिउडमा उनले काम गरेका फिल्ममा सनीको भूमिका मुख्य थिएन।
अहिले बलिउडमा सनीको करिअर सकिएको विषयलाई लिएर टिप्पणी हुन थालेको छ। के बलिउड निर्माता निर्देशकले सनीलाई फिल्ममा लिन नचाहेका हुन् ?
आश्चर्यको कुरा त के छ भने गुगलमा सबैभन्दा खोजिने अभिनेत्री सनी लियोनी नै हुन्। अझै पनि कतिले उनलाई लिड रोलमा लिएर फिल्म बनाउन चाहन्छन्।
सनीले जस्तो खालको फिल्म चाहिरहेकी छिन्, त्यस्तो फिल्ममा काम गर्ने मौका जुरेको छैन। उनलाई धेरैजसो बी र सी ग्रेडका मेकरले अफर गरिरहेका हुन्छन्। जुन फिल्ममा हट सिन हुन्छन्, त्यो फिल्ममा सनीले काम पाइरहेकी छिन्।
सनीले अझै पनि आफू कस्तो कलाकार भनेर प्रमाणित गर्न सक्ने फिल्ममा काम गर्न पाएकी छैनिन्। कतिले भने अब बलिउडमा सनीको करिअर सकिएको भनेर विश्लेषण गर्न थालेका छन्।