काठमाण्डौं, माघ २२ । आईसीसी क्रिकेट वल्र्ड कप लिग टूमा नेपालले ओमानको सातौं विकेट लिएको छ। टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले ३४ दशमलव ४ ओभरमा सातौं विकेट गुमाएको हो।
नेपालका लागि सातौं विकेट दिपेन्द्र सिंह ऐरीले लिए। उनले ४१ दशमलव ४ ओभरमा बादल सिंहलाई ५ रनमा आउट गरेका हुन। सिंह क्याच आउट भएका हुन।
प्रतियोगितामा सुशन भारीले व्यक्तिगत तेस्रो तथा टिमका लागि छैठौ विकेट दिलाएका छन। भारीले ३८ दशमलव ४ ओभरमा सन्दिप गौडलाई ३३ रनमा आउट गरे।
यसअघि उनले १८ औं ओभरमा १ बलको फरकमा लगातार २ विकेट लिएका।
नेपालका लागि करन केसीले सुरुवाती २ विकेट लिएका थिए भने तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीले ओमानका आकिब इलियासलाई रन आउट गरे।
लगातार विकेट गुमाइरहेको ओमान अझ दबाबमा परेको छ। एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलिरहेको हो।
त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा शुरु गर्नेछ। यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ।