माघ २२ । कोरोना भाइरसका कारण विश्वभर २४ हजार ५०० भन्दा बढी संक्रमित भएका छन्। तीमध्ये ४९२ को मृत्यु भइसकेको छ र मर्ने झण्डै झण्डै सबै जसो चीनका रहेका छन्। चीनको मुल भूमिभन्दा बाहिर हङकङका १ जना र फिलिपिन्सका १ संक्रमितको मृत्यु भएको घटना बाहिर आएको छ। बाँकी मर्ने सबै चीनभित्रकै छन्।
चीनको हुबेई प्रान्तमा रहेको वुहानबाट सुरु भएको प्रकोप नियन्त्रण गर्न चीनले कठोर कदमहरु उठाएको छ। यसका बावजुद प्रकोप नियन्त्रणको प्रयास सफल हुन सकेको छैन। चीनले विभिन्न सहरका यातायात र समूहमा भेला हुने कार्यलाई रोकथाम लगाएको छ। यसबाट ६ करोड मानिस प्रभावित भएको बताइन्छ।
भाइरस संक्रमितको ठूलो संख्या चीनकै छन्। चीनबाहिर २५ देशमा २३० संक्रमणको केस भेटिएका छन्। केही देशले चिनियाँहरुको प्रवेश निशेष गरेका छन्। एजेन्सी