दाङ, माघ २२ । प्रदेश नं ५ को प्रदेशसभामा वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज पेश भएको छ। उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले सो विधेयक प्रदेशसभामा प्रस्तुत गरेकी थिइन्। यसअघि प्रदेशसभाको विशेष समयमा विभिन्न विषयमा प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रदेशसभाका सदस्य बाबुराम गौतमले जमीनको पुर्जा वितरण गर्ने अधिकार कुन तहलाई हो भन्ने प्रश्न गरेका थिए। उनले भूमिको पुर्जा वितरण गर्ने पनि हो कि बोर्ड मात्रै झुण्ड्याउने हो भन्दै प्रश्न समेत गरे। अर्का सदस्य कल्पना पाण्डेले प्रदेशसभाको स्थापना दिवसमा राजपालाई अवमूल्यन गरेको गुनासो गरिन्। अर्का सदस्य सन्तोष पाण्डेले कोरोना भाइरस नियन्त्रणका लागि भारतसँग जोडिएको सीमा क्षेत्रमा स्वास्थ्य ‘डेस्क’ स्थापना गर्न माग गरे। रासस