माघ २३ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई जरिवाना गरेको छ। न्युजिल्याण्डविरुद्धको एकदिवसीय खेलमा स्लो ओभर रेटको कारण आईसीसीले बिसीसीआईलाई जरिवाना गरेको हो।
ह्यामिल्टनमा बुधबार भएको पहिलो एकदिवसीयमा स्लो ओभर रेटको बलिङ गरेको भन्दै आईसीसीले भारतलाई म्याच फिको ८० प्रतिशत जरिवाना गरेको हो। यस अघि चौंथो टी-ट्वान्टीमा पनि स्लो ओभर रेटको कारण भारतलाई आईसीसीले ४० प्रतिशत म्याच फि जरिवाना गरेको थियो।
आईसीसी म्याच रेफ्रीका इलाइट प्यानलका सदस्य तथा सो खेलमा म्याच रेफ्री क्रिस बोर्डले कप्तान विराट कोहलीको टिम भारतले चार ओभरमा समय बढी लिएको जनाएका छन्।
यस्तै खेलाडीलाई २० प्रतिशत म्याच फि जरिवाना गरिएको छ। भारतका कप्तान विराटले जरिवाना स्वीकार गरेका छन्।
पहिलो खेलमा न्युजिल्याण्डले भारतलाई ४ विकेटले हराएको थियो। एजेन्सी