झापा, माघ २३ । बाह्रदशी गाउँपालिका २, सालघारीस्थित खेतमा रहेको परालको कुन्युमा लुकाएर राखेको २ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले परालको कुन्युमा खोजी गर्दा बन्दुक फेला पारेको हो।