सप्तरी, माघ २३ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण शाहलाई हातपात तथा गालीगलौज गरेको विरोधमा जिल्लाका सबै स्थानीय तहका सेवा बन्द गरिएको छ।
मंगलबार कार्यक्रममा सहभागी हुन जाने क्रममा स्थानीय युवाहरूले मेयर साहमाथि गालीगलौज तथा हातपात गरेको विरोधमा बिहीबार सम्पूर्ण सेवा बन्द गरिएको हो।
‘घटना भएपछि तुरुन्तै सबै पालिकाहरू बैठक बसेको थियो। हामीलाई सहजतापूर्वक सञ्चालन गर्ने वातावरण तयार होस् भनेर सिडिओ समेत बोलाएर छलफल भएको थियो,’ उनले भने, ‘दु:ख मनाउ गर्न आज जिल्लाका सबै स्थानीय तहका सेवा बन्द गर्ने निर्णय गरिएको हो।’
मेयर शाहका अनुसार कार्यक्रममा जाने क्रममा उनी र सँगै रहेका कर्मचारीलाई बाटो छेकेर केही स्थानीय युवाहरूले गालीगलौज गरेका थिए।
‘अगाडि र पछाडिबाट मोटरसाइककले गाडी छेकेर गालीगलौज र फोहोरी शब्दको प्रयोग गरेका थिए,उनले भने, ‘स्थानीय मानिसहरूले सुन्नु भएछ र हात हपाई नै भयो।’




