काठमाण्डौं, माघ २३ । ललितपुर प्रहरीले जबरजस्ती करणीको आरोप लागेका चापागाउँ प्रहरी वृतका तत्कालिन प्रमुख राजकुमार खिउजुलाई पक्राउ गर्ने तयारी गरेको छ।
खिउजु वृत प्रमुख भएको बेला आफुलाई कार्यालयमै बोलाएर जबर्जस्ती गरेको आरोपसहित एक महिलाले दिएको जाहेरी दर्ता भएपछि प्रहरीले खिउजुलाई पक्राउ गर्ने तयारी गरेको हो। खिउजुले गत मंसिरमा मात्र सेवाबाट अवकाश पाएका थिए।
ती महिलाले खिउजुले आफुलाई ६ महिनासम्म जबर्जस्ती करणी गरेको दावी गरेका छन्।