चितवन, माघ २३ । चितवनमा भोलिदेखि हुने ‘प्रभु पे पाँचौँ क्यान इन्फोटेक मेला–२०७६’ को सम्पूर्ण तयारी सकिएको छ। नारायणगढस्थित लायन्सचोकको पुरानो तरकारी बजारमा हुन लागेको मेलाको भोलि वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले उद्घाटन गर्ने कार्यक्रम रहेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) चितवनका अध्यक्ष एवम् मूल आयोजक समिति संयोजक सन्तोषजनक भुसालले जानकारी दिए।
माघ २८ गतेसम्म चल्ने मेलामा कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा नेटवर्किङ सम्बन्धी सामग्री मोबाइल, स्मार्ट टिभीलगायत सुरक्षा सम्बन्धी सामग्रीसहित ८० भन्दा बढी स्टल रहने क्यान चितवनका सचिव एवम् स्टल व्यवस्थापन समितिका संयोजक टेकलाल भुसालले जानकारी दिए।
मेलामा सूचना प्रविधिसम्बन्धी विभिन्न खालका अन्तरक्रियासँगै प्रतियोगितात्मक कार्यक्रम हुने उनले बताए। मेलाको प्रचारप्रसार गर्ने उद्देश्यले बुधबार नारायणगको विभिन्न क्षेत्र परिक्रममा गर्ने गरी मोटरसाइकल र्यालीसमेत निकालिएको थियो।