काठमाण्डौं, माघ २४ । तपस्वीको भेषमा लामो समयदेखि बस्दै आएका रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ।
तर बमजन आश्रममा नभेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी श्याम खत्रीले जानकारी दिए। उनका अनुसार सिन्धुलीमा रहेको बमजन बस्ने आश्रममा ताला लगाइएको छ।
‘अहिलेसम्म भेटिएका छैनन्, प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको छ’, खत्रीले भने।
सिन्धुली जिल्ला अदालतबाट बिहीबार बमजन पक्राउको अनुमति प्रहरीले पाएको थियो। बमजनमाथि हत्या, बलात्कार र आनीहरुलाई बेपत्ता पारेको आरोप छ।