वीरगञ्ज, माघ २४ । वीरगञ्जको घण्टाघरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ घण्टाघरस्थित खाली रहेको जग्गामा रहेको प्रतिक्षालयमा शव फेला परेको प्रहरीले जनाएको छ।
लड्डु साह कानु नामले चिनिने व्यक्ति मृत अवस्थामा फेला परेका हुन्। शवसँगै बसिरहेका मृतकको छोरी बताउने ८ वर्षीया आरती कुमारी र १० वर्षीया सरस्वति कुमारीसँग सोधपुछ गर्दा आफूहरु बुवासँगै मागी खाई गुजारा चलाईरहेको तथा आमाको केही वर्ष अगाडि मृत्यु भएको भनि बताएको प्रहरीले जानकारी दिएको छ।
मृतकको शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको छ।