विराटनगर, माघ २४ । मोरङको विराटनगर– १२ बखरीमा एक महिलाको शव फेला परेको छ। उखुबारीमा घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको शव फेला पारिएको मोरङ प्रहरीले जनाएको छ।
मोरङका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले पहिचान नखुलेको शव फेला परेको र अनुसन्धान जारी रहेको बताए।