काठमाण्डौं, २४ । आज शुक्रवारदेखि नेपालमा दुई फिल्म प्रदर्शनमा आएका छन्। पछिल्लो समय चर्चामा रहेका फिल्म ‘साङ्लो’ र ‘सेल्फी किङ’ प्रदर्शनमा आएका हुन्।
विराज भट्ट निर्देशित फिल्म ‘साङ्लो’ मा गुण्डागर्दीको साङ्लोमा उनिएको एक समूहको कथा देखाइएको छ। फिल्ममा विराज भट्ट, निकिता चाण्डक, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा एक्सन, रोमान्स र प्रेमकथा देख्न सकिन्छ।
यस्तै आजैदेखि प्रदर्शनमा आएको फिल्म ‘सेल्फी किङ’ मा एक हास्यकलाकारको कथा देख्न सकिन्छ। विपिन कार्कीको शीर्ष भूमिका रहेको यो फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, जीवन भट्टराई लगायतका कलाकारको अभिनय छ।
फिल्ममा बाबुछोराको प्रेमकथा देखाइएको छ। बाबुछोराको भावनात्मक सम्बन्ध देखाइएको यो फिल्मको गत बुधवार प्रिमियर गरिएको थियो। प्रिमियरमा फिल्म रुचाइएको थियो।