काठमाण्डौं, माघ २४ । हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभएको तर आज दिउँसोदेखि नेपालमा पश्चिमी न्यून चापिय प्रणालिको प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशको पहाडी भूभागका केही स्थानको मौसममा आंशिक बदली रहेको मौसमविदले बताएका छन्। देशका पहाडी भूभागमा दिउँसो पनि आंशिक देखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।
देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।
पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।