काठमाण्डौं, माघ २४ । सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले नेपाल ट्रष्टको जग्गा आफ्नो दाइजो दाबी गर्दै दायर गरेको रिट खारेज हुने फैसला गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५ जनाको संवैधानिक इजलाशले यस्तो फैसला सुनाएको हो। फैसलासँगै छाउनीमा रहेको जग्गा नेपाल ट्रष्टकै हुने भएको हो।
प्रेरणा शाहले उक्त जग्गा आफूले दाइजो पाएको दाबी गर्दै रिट दायर गरेकी थिइन्।
प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, प्रकासमानसिंह राउतको संवैधानिक इजलासले प्रेरणा शाहको जग्गा सम्बन्धी रिट खारेज गर्दै ट्रस्टका नाममा ल्याउन बाटो खोलेको हो।
अन्तरिम संविधान आउनुअघि २०५८ मा आफ्नो नाममा दाइजो आएकाले छाउनीको जग्गा आफ्नै हुने दाबी गर्दै उनले रिट हालेको थिइन।