चितवन, माघ २५ ।
भरतपुरमहानगरपालिका वडा न ५ नारायणपुरमा रहेको रोयल फर्निचरमा ठुलो आँगलागी भएको छ ।
स्थानीय जीवन श्रेष्ठको फर्निचरमा आज बिहान ६ बजेतिर आगलागि भएको ईलाका प्रहरी कार्यलय गीतानगरले जानकारी दिएको छ ।
अहिले ६ वटा दमकल र नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिको सहयोगमा आँगो निभाउने प्रयास भईरहेको छ ।
आँँगो अहिलेसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आईनसकेको गीतानगर प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप बिवरण आउन बाकी छ ।
