चितवन, माघ २५ । पूर्वी चितवनको कालिका नगरपालिका १ शमिपुरमा रहेको श्री राष्ट्रिय आधारभुत विद्यालयमा शनिवार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा श्री राष्ट्रिय आधारभुत विद्यालय नै प्रथम भएको छ। विद्यालयको वार्षिक क्यालेन्डर अन्र्तगतको कार्यक्रममा अन्तर विद्यालय आधारभुत तह (१-८) सम्म रनिङसिल्ड हाजिरी जवाफ प्रतियोगिता २०७६ कार्यक्रम विद्यालयकै प्राङगणमा आयोजना गरिएको थियो।

प्रतियोगितामा पदमपुर शिक्षा निकेतन द्धितिय, चित्रवन आवासीय माध्यमिक विद्यालय तृतीय र जुटपानि एकेडेमी सान्त्वना भएको छ। विद्यालयको तर्फबाट कालिका नगरपालिका अन्र्तगतका ४६ वटै विद्यालयलाई पत्राचार गरेता पनि प्रतिस्प्रर्धाका लागि १४ विद्यालयको मात्र सहभागिता रहेको थियो।

हाजिरी जवाफ प्रतियोगितामा प्रश्न निर्माण तथा कार्यक्रम सञ्चालन चितवनको पहिलो रेडियो सिनर्जी एफ एम ले गरेको हो। श्री राष्ट्रिय आधारभुत बिधालयलाई कालिका नगरपालिकाको नमुना बिधालयको रुपमा पनि चिनिन्छ।