बुटवल, माघ २६ । रुपेन्देहीको खैरेनीस्थित अस्थायी ट्राफिक प्रहरी पोस्टमा कार्यरत ट्राफिक प्रहरी जवान छबिलाल पोखरेल घुस रकमसहित पक्राउ परेका छन्।
टिप्पर चालक तथा धनीहरुसँग आवत–जावतमा सहज पारिदिनेभन्दै लिएको ३ हजार रुपैयाँ घुससहित प्रहरी जवान पोखरेल पक्राउ परेका हुन्। पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो।
पक्राउ परेका पोखरेलमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जानकारी दिएको छ।




