काठमाण्डौं, माघ २६। नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो।
यसअघि शुक्रबार तोलामा ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७६ हजार रुपैयाँमा कारोबार भएको हो। यस्तै तेजावी सुन तोमलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ।
यस्तै आइतबार चाँदी अघिल्लो कारोबारको तुलनामा तोलामा ५ रुपैयाँ घटेर ८८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।