चितवन, माघ २६ । सरुवा भएर चितवन आएका जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले चितवनको चुनौतीलाई अवसरको रुपमा लिएको बताएका छन्।
यहाँ राजनैतिक, आपराधिक, सडक सुरक्षा लगायतको चुनौती भए पनि आफूले शून्य शहनशिलतामा काम गर्ने बताएका हुन्।
आज कार्यालयमा चितवनका पत्रकारबीच भएको भेटघाट कार्यक्रममा उनले कानुनले निर्दिष्ट गरेका कुरालाई स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।