माघ २६ । चीनका विभिन्न स्थान तथा हङकङ र फिलिपिन्समा गरी नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या ८१२ पुगेको छ।
हुबेइका स्वास्थ्य अधिकारीका अनुसार सो प्रान्तमा मात्रै हालसम्म नोवेल कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७८८ पुगेको हो।
सन् २००३ मा फैलिएको सार्स (सिभर एक्युट रेस्पिरेटरी सिन्ड्रोम) महामारीका कारण ७७४ जनाको ज्यान गएको थियो। सार्सको संक्रमण दुई दर्जन भन्दा बढी देशमा फैलिएको थियो।
यसका साथै कोरोना भाइरसको संक्रमणबाट सफल उपचार गराएर २ हजार ६ सय ४९ जना विरामी घर फर्किइसकेका छन्। स्वास्थ्या विज्ञका अनुसार अब कोरोना भाइरस पुनस् लाग्ने सम्भावना निक्कै कम हुँदै गको दाबी गरको छन्।
मानव देखि मानवमा सर्ने यो कोरोना भाइरसको पहिलो चरणमै राम्रो रेखदेख गरे चाडैं निको हुने वुहान लिइसेनसाङ हस्पिटलका चिकित्सकहरुले दाबी गरेका छन्। उनीहरुका अनुसार हाल ३१ प्रान्तमा, निश्चित क्षेत्रमा र नगरपालिकाहरुमा कोरोनाले आफ्नो वर्चश्व जमाए पनि समाधानको उपाय स्वरुप भ्याक्सिन बनाउन सु भइसकेको दाबी गरेका छन्।
कोरोना भाइरसको लागि अस्ट्रेलिया, फ्रान्स, अमेरिका र चीनका वैज्ञानिकहरुले महत्वाकांक्षी र अर्बौको लगानीमा भ्याक्सिनको विकास गर्न थालिसकेका छन्। उनीहरुले उक्त भ्याक्सिन कम्तिमा पनि एक वर्षभित्र बाहिर आउने बताएका छन्। वैज्ञानिकहरुका अनुसार उक्त भ्याक्सिन पहिला जनावर, क्लिनिकमा परीक्षणपछि मात्रै मानवको शरीरमा प्रयोग गर्ने बताएका छन्। तर अधिकांश स्वास्थ्य विज्ञहरुले भने अहिल आपत्तकालको लागि रोगसँग लड्न सक्ने भ्याक्सिनको खाँचो भइरहेको औल्याएका छन्।
यता, चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का अनुसार कोरोना भाइरसले अझै पनि मानिसहरुको श्वासप्रश्वासमा निक्कै समस्या ल्याइरहेको र यसले आफ्नो हैकम जमाइरहेको दाबी गरेको छ।
एनएचसीले आफ्नो वेबसाइटमा प्रकाशन गरेको वक्तव्यमा प्रश्न(उत्तर सेक्शनमा एरोसोल मार्फत घातक कोरोनाभाइरसको सम्भावित प्रसारण वा बिरामीको बिरामी भन्दा लामो दूरीको यात्रा गर्न सक्ने साना कणको कारण असर गरेको बताइएको छ।
यस्तै हङकङको स्वास्थ्य विभागले वल्ड ड्रिम क्रूजका सबै यात्रुहरु र क्रू मेम्बरहरुलाई काइतक पोर्टमा ५ बजे उठ्ने अनुमति दिएको छ। किनकी उनीहरुमा सबैको परीक्षणमा कोरोना भाइरसको नेगेटिभ संकेत देखिएको थियो। तर यसअघिका क्रूमा रहेका ८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो।
‘आइतवारसम्म, ११, ९२१ मेडिकल कामदारहरू महामारीकोबिरूद्ध लड्नको लागि चलिरहेको कोरोनाभाइरस प्रकोपको केन्द्र हुबेई प्रान्तमा पठाइएको छ’, चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारीले आइतबार नियमित प्रेस वार्तामा भने।