रौतहट, माघ २६ । रौतहटको दक्षिणी भेगमा एक युवकको हत्या भएको छ। हत्यामा ती युवककै प्रेमिकाका दाजुहरु संलग्न रहेको आरोपमा प्रहरीले उनीहरु दुवै जनालाई पक्राउ गरेको छ।
भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका–८ मन्सरीका २० वर्षीय महमद एहतेसामुल हकको उनकै प्रेमिकाको तीन जना दाजु मिलेर हत्या भएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी प्रमुखको रुपमा हालै आएका एसपी रवीराज खड्काले ईशनाथ नगरपालिका–८ मन्सरीका एहतेसामुल हकको हत्यामा उनकै प्रेमिकाका दाजुहरु राजपुर नगरपालिका–६ कुडियाका ३१ वर्षीय असरफ अली, २६ वर्षीय असगर अली र २३ वर्षीय हैदर अली संलग्न रहेको बताए।