काठमाडौं, माघ २७ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले फ्रेन्ड्स क्लबमाथि सानदार जित निकालेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा एपीएफले फ्रेन्ड्सलाई ५-२ गोल अन्तरले पराजित गरेको हो।
एपीएफको जितमा आशिष लामा र प्रविन स्याङतेनले २/२ गोल गरे। यस्तै टोप बहादुर बिष्टले थप एक गोल गरे। फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल गरे।
एपीएफको लिगमा यो दोस्रो जित हो। जितसँगै एपीएफले १२ खेलमा ८ अंक जोडेको छ। एपीएफ पुछारबाट दोस्रो स्थानमा रहेको छ। फ्रेन्ड्स १२ खेलमा १४ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ।