जनकपुरधाम, माघ २७ । सिरहामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नं ५ मा सोमवार बिहान भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको उपचारको क्रममा मृत्यु भएको हो।
वडा नं ५ कै कार्यालयको अगाडि ना ४ ख ९२४१ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको लु १६ प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता विनोद घिमिरेले जनाएका छन्।
मृत्यु हुनेमा सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नं। ३ रमौलका २९ वर्षीय अमन मण्डल र वडा नं ३ मख्नाका ४५ वर्षीय शैलेन्द्र कुमार मण्डल रहेका छन्।
बसको ठक्करबाट गम्भीर घाइते भएका अमनको उपचारको क्रममा विराटनगरको न्यूरो अस्पताल र शैलेन्द्रको लहानको राउ अस्पतालमा मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ।
ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेको छ। बसको चालक फरार भएको चालकको खोजी भइरहेको प्रहरी प्रवक्ता घिमिरेले जानकारी दिए।