माघ २७ । हालै सम्पन्न ९२ औं ओस्कार अवार्ड समारोहमा दक्षिण कोरियन फिल्म ‘पारासाइट’ ले उत्कृष्ट फिल्मको उपाधि जित्यो। यो फिल्म ओस्कार जित्ने पहिलो विदेशी फिल्म पनि बन्यो।
९२ औं संस्करणमा आइपुग्दा बल्ल विदेशी फिल्मले उत्कृष्ट फिल्मको उपाधि जित्न सफल भएको हो। एसियाली राष्ट्र दक्षिण कोरियाले उत्कृष्ट फिल्मको अवार्ड जितेपछि एसियाली फिल्ममेकर पनि खुशी देखिएका छन्।
हरेक वर्षको जनवरीमा हुने द एकेडेमी अवार्डमा छानिएका फिल्मले विश्वभर तहल्का मच्चाउने गर्छन्। यसपटक पनि ओस्कारमा मनोनयनमा परेदेखि नै फिल्मको चर्चा शुरु भएको थियो।