राजविराज, माघ २७ । सरकारी कागजात किर्ते गरेको अभियोगमा सप्तरी प्रहरीले १ जना सरकारी (निजामति) कर्मचारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मा छन्।
सप्तरीको डाकेश्वरी नगरपालिका–९ घर भएका ७६ वर्षीय फुरन चौधरी थारुको उजुरीका आधारमा खरिदार नवीन विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले जानकारी दिए।
डीएसपी भारतले खरिदार विश्वकर्माले किर्ते गरेका सरकारी कागजातबारे भने केही खुलाउन मानेनन्।
‘उनी (विश्वकर्मा) विरुद्ध उजुरी परेपछि प्रारम्भिक छानबिनका क्रममा किर्ते गरेको भेटिएपछि पक्राउ गरिएको हो,’ भारतीले भने, ‘अहिले सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।’