बाजुरा, माघ २७ । गौमुल गाउँपालिका–३ माझपालिमा रहेको धर्मोदय आधारभुत विद्यालयको सरसरफाईमा जुटेका सात जनालाई जंगली बँदेलले आक्रमण गरी घाइते बनाएको छ।
घाइते हुनेमा सोही वडाका स्थानीय ५० वर्षीय जगत विश्वकर्मा, ४० वर्षीय पूर्ण वि.क., ५० वर्षीय डवल रोकाया, ४५ वर्षीय धनबहादुर रोकाया, ४० वर्षीय प्रेम रोकाया, ४० वर्षीय मेश रोकाया र ४२ वर्षीय लाल कामी रहेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरिक्षक रोकायाले बताए।
घाइते भएका मध्ये जगत विश्वकर्माको अवस्था गम्भीर रहेको छ। बँदेलको आक्रमणमा परी घाइते भएका चार जनाको गौमुल स्वास्थ्य चौकीमा उपचार पछि घर फकाइएको प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताए।
बदेलको आक्रमणमा परी गम्भीर घाइते भएइका जगत विश्वकर्मालाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी चुडामणी पन्तले बताएका छन्।