काठमाडौँ, माघ २७ । सानेपास्थित आफ्नै घरमा गम्भीर अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको पनि मृत्यु भएको छ। स्टार अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
उनको घरमा कामदारका रुपमा कार्यरत २२ वर्षीय विजय चौधरी भान्साकोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
मुनामाथि आक्रमण गरेपछि चौधरीले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ। मुनाको हात पछाडिबाट बाँधिएको अवस्थामा भेटिएको थियो।
दाङका २२ वर्षे चौधरीको शव डोरी चुँडिएर लडेको अवस्थामा भेटिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए। पूर्वसचिव कार्की बिहान पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएको हो।