काठमाडौं, माघ २७ । स्वासथ्य तथा जनसङ्ख्या मन्त्रालयले चिनबाट नेपाल ल्याउने विद्यार्थीको लागि ६० जना स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ। मन्त्रालयको प्रवक्ता सागर दाहालले ६० जना स्वासथ्यकर्मीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको बताए।
दाहालका अनुसार क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले सोमबार अभिमुखीकरण तालिमसमेत दिदै छ।
तालिममा क्वारेन्टाइनमा कसरी राखिने, स्वास्थ्यकर्मीले कसरी काम गर्ने र शंकास्पद अवस्थम आइलागेमा के गर्ने भनेर सिकाउने उनले जानकारी दिए। तालिम आज २ बजे इपीडीयोलोजी तथा रोग नियण्त्रण महाशाखा टेकुमा हुँदैछ।